मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विचार घर परिवारमा द्वन्द बढ्न सक्छ । मातृ पीडा नहोला भन्न सकिन्न । ऋणमा काम नगर्नु होला । लिनेदिने काम बन्द गर्दा उचित हुनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): विचारमा विचलन आउन सक्छ । विना तयारी कुनै पनि काममा हात नहाल्नु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्तसँग खुलस्त भएर कुनै काम हुने छैन । काममा जटिलता थपिन सक्छ । अशन्ति बढ्नेछ । फजुल खर्चमा वृद्धि हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अन्योलमा काम नगर्नु होला । भ्रम छर्ने धेरै हुनेछन् । स्वास्थ्यको लागि आहार विहारमा ध्यान दिनु होला । कार्य क्षमता बढ्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कुरा कम काममा बढि जोड दिनु होला । संचित धनमा ह्रास आउनेछ । वोलेका कुरा पुर्याउन गाह्रो हुनेछ । महत्वकाँक्षा बढ्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): व्यवस्थापकीय पक्ष कमजोर रहन सक्छ । खर्चमा थोरै नियन्त्रण आउन सक्छ । काम गर्ने वातावरण अझै बन्ने छैन । सुधार भने आउनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम कुरा एकातिर हुनेछन् भने परिस्थिति आर्कैतिर मोडिनेछ । भर विश्वासमा काम नगर्नु होला । सपनाहरु भत्किनेछन् ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अल्छि नगरि काम गर्नु होला सफल हुनुहुनेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ । आम्दानीका हिसावले नि राम्रै रहनेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्ने वातावरण निर्माण हुनेछ । अवरुद्ध काम अगाडि बढ्नेछन् । समस्याको समाधान निस्कनेछ । लेनदेन कारोवारमा ध्यान दिनु होला ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले अझै साथ दिने देखिन्छ । काम गर्दा विभिन्न समस्या आउने छन् । चोटपटक आदिको भय देखिन्छ । आर्थिक पक्ष कमजोर रहला ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन प्रतिकुल बन्नेछ । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ । बन्न लागेका काम विग्रिने छन् ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): वुद्धि र विवेकको प्रयोग गरेर काम गर्नु होला । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । रजोगुण बढ्नेछ ।
——————————————–