Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्किएका कामदार तथा उनीहरुले आर्जन गरेको सीपको आधारमा क्षेत्रगत प्राथमिकता र रोजगारी सिर्जनाको रणनीति राज्यले बनाउनुपर्नेमा एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

सोलिडारिटी सेन्टरले ‘जस्टजब’ नेटवर्कसँगको सहकार्यमा सोमबार सार्वजनिक गरेको ‘नयाँ नेपालको परिकल्पना : श्रम आप्रवासन र पुनः निर्माण सापेक्ष रोजगारी सिर्जना’ प्रतिवेदनमा वैदेशिक रोजगारीबाट फर्किएकाको श्रम बजार अनुभव र सीपलाई आर्थिक वृिद्ध र रोजगारीको अवसरहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहितका कार्यक्रम राष्ट्रिय रणनीतिमा समावेश गरिनुपर्ने उल्लेख छ ।

ग्रिगोरी ¥याण्डोल्फ र प्राची अग्रवालले संयुक्त रुपमा तयार पारेको पतिवेदनमा विदेशमा सिकेको सीपलाई स्वेदशमा प्रमाणिकरण कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै भारतलगायत मुलुकले कामदारले रोजगारीको सिलसिलामा सिकेको सीपलाई मान्यता दिने कार्यक्रम गरिरहेको औँल्याएको छ ।

प्रतिवेदनमा नेपालीले वैदेशिक रोजगारीको क्रममा लामो अनुभव र नयाँ सीपसहित स्वदेश फर्किए पनि त्यसले औपचारिक मान्यता नपाउँदा समस्यापर्ने गरेको उल्लेख छ । नेपालीहरु स्वदेश फर्किएपछि विशेषगरी पर्यटन, होटल, व्यवसाय, आधुनिक खेती, सिँचाइ साथै लघु जलविद्युत आयोजनमा लगानी गर्न उत्साहित रहेको देखिएकाले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति सरकारले ल्याउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

समुदाय प्रभावी प्रतिज्ञापत्र, नेपाली प्रवासी कामदारद्वारा स्वदेशमा सञ्चालित उत्पादनमूलक कम्पनीको समपुरक लगानीजस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जनाइएको छ ।

भूकम्पपछिको पुनःनिर्माण प्रक्रियालाई रोजगार सम्पन्न दिगो र समावेशी विकासको दिशातर्फ लैजान प्रयोग गर्नुपर्ने, मानवीय पुँजी लगानीमा केन्द्रीत आर्थिक विकासका कार्यक्रम निर्माण गर्नुपर्ने, पुनःनिर्माणलाई आर्थिक गतिविधिको सवलीकरण गर्न र निर्माण क्षेत्रभन्दा बाहिर रहेका अर्थ व्यवस्थाका अन्य क्षेत्रमा उचित तथा गुणस्तरीय रोजगारी सिर्जना गर्ने अवसरको रुपमा प्रयोग गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

एकातर्फ भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणका लागि कामदार अभाव रहेको र अर्कोतर्फ ती जिल्लाबाट वैदेशिक रोजगारीमा जाने क्रम नघट्दा पुनःनिर्माण सुस्तगतिमा अघि बढेको तर्फ प्रतिवेदनमा चिन्ता प्रकट गरिएको छ ।

तपाईको प्रतिक्रिया