Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पाल्पा – पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।

यस स्वास्थ्य चौकीबाट प्रसूति सहितको विभिन्न सेवासुविधा उपलब्ध हुने उहाँले बताउनुभयो । पूर्वखोला गाउँपालिकासहित रामपुर नगरपालिका-९ र १० का बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने उक्त स्वास्थ्य चौकीमा हाल एक अहेब, दुई अनमी र दुईजना स्वास्थ्यकर्मी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया