Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – काठमाण्डौं र ललितपुरका फोहोर व्यवस्थापन हुन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् । काठमाण्डौं र ललितपुर मानगरपालिकाले समयमा फोहोर उठाउन नसक्दा सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटमा जाने बाटो बिग्रिएकाले फोहोर उठाउन नसकिएको काठमाण्डौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । बाटो बिग्रिएको भन्दै सिसडोलका स्थानीयले विरोध गरेपछि दुबै महानगरले एक हप्तादेखि नै फोहोर उठाउन सकेका छैनन् ।

प्रवक्ता कार्कीले यसअघि ३ पटकसम्म टिप गर्ने गाडीले बाटोकै कारण एक टिप मात्र फोहोर ओसार्न सकेको बताउनुभयो । उहाँले सिसडोलको विकल्प खोज्न नसक्दा पनि फोहोरको व्यवस्थापन हुन नसकेको उल्लेख गर्नुभयो ।

काठमाण्डौं र ललितपुरका विभिन्न स्थानमा फोहोर थुप्रिदा दुर्गन्ध फैलिन थालेको छ ।

तपाईको प्रतिक्रिया