Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- ‘मलाई यही २० गते फेरि ज्यान मार्ने धम्की आयो। १५ दिनको म्याद दिएका छन्। अब मेरो बाँच्ने समय १० दिन बाँकी छ,’ राज्य व्यवस्था समितिको बैठकमा जेष्ठ सदस्य चित्रबहादुर केसीले भने, ‘प्रधानमन्त्री र प्रहरीका हाकिमलाई दर्जनभन्दा बढी नम्बर टिपाइसकेको छु, केही भएको छैन।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले ‘सघीयताको विरोध गरेको’ भन्दै आफूलाई पाँच महिनादेखि लगातार ज्यानको धम्की आइरहेको बताए।
ती सबै धम्की जापानको टेलिफोन नम्बरबाट आएका हुन्। केसीका अनुसार पहिलोचोटि पुस २४ गते धम्की आएको थियो।
पाँच महिनासम्म एउटै स्वरको मानिसले नेपाली भाषामा धम्क्याइरहेको उनले बताए। ‘यत्रा दिन संघीयतामा लागेर बिराएँ,’ धम्कीवालाको २० गतेको भाषा उद्धृत गर्दै केसीले बैठकमा भने, ‘आइन्दा गर्दिनँ भनेर माफी माग्, नत्र १५ दिनमा मार्दिन्छौं।’
आफू एक्लो हुँदा मात्र होइन, संवैधानिक समितिको बैठकमा छँदासमेत यस्तै धम्की आएर नेताहरूलाई सुनाइदिएको केसीले स्मरण गरे।
संघीयताको शान्तिपूर्ण विरोध गरिरहेका केसीले धम्कीलाई अस्वाभाविक ठानेका छैनन्। सरकारले अपराधीको खोजीमा कुनै तत्परता नदेखाएकोमा भने उदेक लागेको उनले बताए। ‘मेरो जीउधनको सुरक्षाभन्दा अपराधीले लगातार धम्क्याइरहँदा पनि राज्य के हेरेर बसेको छ ?’ केसीले प्रश्न गरे, ‘एक्काइसौं शताब्दीमा पाँच महिनादेखि अपराधी पत्ता लगाउन नसक्ने मुलुकको गति कस्तो हो ?’
आफूले व्यक्तिगत रूपमा जापानी दूतावासमा सम्पर्क गर्दा सरकार तर्फबाट कुनै पहल नभएको जानकारी पाएको केसीले बताए। ‘सभासद्को सुरक्षामा त सरकारको तत्परता यस्तो छ, सर्वसाधरणको कसरी सुरक्षा होला ?’ केसीले भने।
सेनाको पुनर्संरचनाबारे छलफल गर्न डाकिएको बैठकको सुरुवातमै ‘संवेदनशील विषय’ भन्दै एमालेका प्रदीप ज्ञवालीले ‘केसीलाई धम्क्याउने अपराधी पत्ता लगाउनु सरकारसँग माग गरेका थिए।
ज्ञवालीले आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री बाबुराम भट्टराईले केसीको सुरक्षामा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए। अपराधी पत्ता नलगाएको गाल भने उनले प्रहरीलाई दिएका छन्।
‘केसी मेरो राजनीतिक गुरु हुनुहुन्छ, उहाँलाई आएको धम्कीबारे मैले उतिबेलै सुरक्षा निकायको अतिउच्च तहको ध्यानाकर्षण गराएको हुँ,’ भट्टराईले भने, ‘तर किन भइरहेको छैन ?’ आफ्नै प्रश्नको जवाफ भने भट्टराईले दिएनन्।
प्रधानमन्त्रीले राजनीतिमा लागेको सुरुका दिनमा केसीको निकट रहेर काम गर्ने सौभाग्य पाएको भन्दै माहोललाई भावुक बनाउने प्रयास गरे। तर केसी फुरुंग परेनन्। ‘तपाईंको पाखुरा समाएर तपाईं प्रधानमन्त्री हुँदा म मर्ने हो भनेको थिएँ, अहिले पनि अवस्था उस्तै छ,’ केसीले जवाफ दिए, ‘गर्नै चाहेको भए इन्टरपोलदेखि सारालाई परिचालन गरेर अपराधी पक्रन सकिन्नथ्यो र ?’
छलफलपछि समिति सभापति रामनाथ ढकालले टेलिफोन नम्बर ुट्रेसु गरेर अपराधी पत्ता लगाउन र केसीको सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए।
केसीले नागरिकलाई दिएको जानकारीअनुसार जापानबाट धेरैपटक धम्की आउने नम्बर दुईवटा छन्: ००८१३५८७७४७५९ र ००८१३५८७७४७५९।
आफूले नम्बर दिँदादिँदै पनि खोजी नभएकाले मनमा अनेक शंका उब्जेको केसीले बताए। माओवादीले नै गराएको हो कि भन्ने संकेतसमेत उनले गरे।
‘प्रविधिको यो युगमा सरकार ५र५ महिनासम्म अपराधी पत्ता लगाउन सकिएन भनिरहनु नै रहस्यमय छ,’ उनले भने, ‘मलाई सुरक्षा दिन्छु भन्नेहरू नै कतै आफैं धामी आफैं झाँक्री भाका त छैनन् ‘
तपाईको प्रतिक्रिया