Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – मिनरल र भिटामिनहरूले भरपूर फलको सेवन गर्दा शरीरमा पोषक तत्त्वको कमी पूरा हुन्छ । यसमा टन्नै एन्टीअक्सिडेन्ट पनि हुनाले स्वास्थ्यका लागि फल अत्यन्तै आवश्यक कुरा हो ।

यी फलहरूका बारेमा थप चर्चा गरौं –

सुन्तला
-सुन्तलामा भिटामिन सी भरपूर पाइन्छ । यसको जुस निकालेर पिउनुभन्दा त्यत्तिकै खाँदा फाइदा हुन्छ । यसमा लगभग ११ ग्राम चिनीको मात्रा हुन्छ ।

स्याउ
-स्याउ कतिपय रोगमा रामवाण हो । यसमा भएको फाइबर पेटका लागि अत्यन्तै लाभदायक छ । स्याउको जुस पिउनुभन्दा काटेरै खाएको ठीक हुन्छ ।

एभोकाडो
-यसमा विद्यमान फाइबरले स्वास्थ्य राम्रो बनाउँछ । यसमा त चिनीको मात्रा पनि कमै हुन्छ ।

लिच्ची
-लिच्चीमा प्रशस्त क्याल्सियम हुन्छ जसले हाड र दाँतलाई बलियो बनाउँछ ।

अञ्जीर
-अञ्जीरमा फाइबर र पोटेसियम टन्न हुन्छ ।

आँप
-आँपलाई त फलहरूको राजा नै मानिन्छ । यसमा भिटामिन ए प्रशस्त पाइन्छ । आँखालाई यसले फाइदा गर्छ ।

आरुबखडा
-आरुबखडा खाएपछि राम्रो निद्रा लाग्छ । –एजेन्सी

तपाईको प्रतिक्रिया