Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – आठ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको माग सम्बोधन गर्न हिजो भएको वार्ता पनि कुनै निचोडमा पुग्न नसकेपछि आज थप छलफल हुँदैछ ।

डा. केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकमाथि आज बृहत् रूपमा छलफल गरिने सरकारी वार्ता टोलीले जनाएको छ । संयोजक एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले आजको छलफलका आधारका निष्कर्षमा पुग्ने गरी छलफल हुने बताउनुभयो ।

उहाँले केही विषयमा सहमति भइसकेको र केही विषय मिल्न बाँकी रहेको जानकारी दिनुभयो । छलफल दिउँसो ४ बजे शिक्षा मन्त्रालयमा राखिएको छ । डा. गोविन्द केसीको तर्फका वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले केही विषयमा सहमति नजिक पुगे पनि मुख्य मागमा भने कुनै सहमति हुन नसकेको जानकारी दिनुभयो ।

डा. केसीले उठाएका मागका विषयमा आज हुने बृहत् छलफलमा व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जु झा, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, माथेमा कार्यदलका सम्पूर्ण सदस्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन, सरकारी र डा. केसी पक्षका वार्ता टोलीलगायत सहभागी हुने बताइएको छ ।

केसीको स्वास्थ्य अवस्था भने विग्रीदै गएको छ ।

तपाईको प्रतिक्रिया