Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
लण्डन-बेलायतबाट प्रशारण हुने प्रवासको एकमात्र नेपाली टेलिभिजन च्यानल नेपाली टेलिभिजन युके सातौं बर्षमा प्रवेश गरेको छ । टेलिभिजन ६ बर्ष पुरा गरी सातौं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आइतबार विशेष पुजा आजा सम्पन्न भयो । प्लमस्टेडस्थित टेलिभिजनको आफ्नै हलमा भएको विशेष पुजामा टेलिभिजनका डाइरेक्टर तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपाली रिती रिवाज तथा धर्म संस्कृति अनुसार पण्डित निलहरी घिमिरेले विशेष पाठ वाचन गरी टिभिको प्रगती कामना गर्दै पुजा गरेका थिए । प्रवासमा वसेपनि आफ्नो व्यवसायीक सफलताको लागि पुजा पाठ गर्नु नेपाली संस्कृति भएको पण्डित घिमिरेले बताए । नयां बर्षको पनि अवसर परेकोले सहभागिहरुले टिभिको सातौं बर्षगांठ संगै रमाइलो गरी मनाएका थिए । सो अवसरमा टिभिका सिइओ मोहन गुरुङ, डाइरेक्टरहरु बालजंग अर्याल, पशुपति भण्डारी, यादव भण्डारी, जनरल म्यानेजर प्रविण गुरुङ, व्यवसायी शेखर शर्मा, एन आर एन युकेकी सदस्य संगिता मरहट्ठा लगायतको सहभागिता रहेको थियो ।
नेपालका विभिन्न टेलिभिजन च्यानलसंग सहकार्य रहेको नेपाली टिभि बेलायतका नेपाली समुदायमा एउटै टेलिभिजन हो । बेलायतमा रहेका नेपाली बालबच्चाहरुलाई नेपाली भाषा, संस्कृति, रितीरवाज र रहनसहनबारे जानकारी गराउन यसले धेरै सहयोग गर्दै आइरहेको छ । विशेष गरी नेपाली टिभी गोर्खा भेटेरानहको दिन काट्ने सजिलो बाटो पनि भएको छ ।
विश्वका विभिन्न ६० भन्दा बढि देशहरुमा एकैसाथ प्रसारण भइरहेको नेपाली टि भिले सातौं बर्षमा प्रवेश गरेको तथा नयां बर्ष २०६९ को अवसर पारेर आफ्ना ग्राहकहरुलाई विशेष छुट पनि दिइरहेको छ ।
तपाईको प्रतिक्रिया