Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025
काठमाडौं –  संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका श्रम तथा यातायातमन्त्री मालबरसिंह थापाले राजावादी पूर्वप्रशासक ललित थापामगरलाई सल्लाहकार नियुक्त गरेका छन् । प्रधानमन्त्रीले तत्कालीन श्रममन्त्री सरिता गिरीलाई बर्खास्त गरेपछि उनको ठाउँमा नियुक्त मन्त्री थापाले विवादास्पद छविका थापा मगरलाई सल्लाहकार नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीबाहेक परराष्ट्रमन्त्रीले परराष्ट्र मामिला, अर्थमन्त्रीले आर्थिक र सञ्चारमन्त्री प्रेस सल्लाहकार नियुक्त गर्ने स्थापित प्रचलन भए पनि अरू मन्त्रीले सल्लाहकार नियुक्त गर्न पाइने व्यवस्था छैन । त्यही कारण श्रममन्त्री थापाले थापा मगरलाई अवैतनिक कानुनी सल्लाहकार नियुक्त गरेका हुन् ।
तत्कालीन श्रम विभाग (हाल छुट्याएर दुइटा बनाइएको श्रम तथा वैदेशिक रोजगार विभाग) का विवादास्पद महानिर्देशक थापा मगरलाई मन्त्री थापाले आफ्नो स्वकीय सल्लाहकार नियुक्त गरेका हुन् । उनले विभागको महानिर्देशकपछि श्रम मन्त्रालयमा सहसचिव भएर ५८ वर्ष पुगी अनिवार्य अवकाश पाएका थिए ।
थापा मगर तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा राप्तीमा अञ्चल प्रशासक भई लोकतान्त्रिक आन्दोलनमा लागेका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेसाकर्मीको दमनमा सक्रिय थिए ।
मन्त्रिपरिषद्ले मात्र मन्त्रीको सल्लाहकार नियुक्त गर्न सक्ने भएकाले श्रममन्त्रीले मन्त्रालयमा नियुक्त गरेका थापा मगरको कानुनी हैसियत रहन्न । थापा मगरको ०६३ मा पत्नीको नाममा दर्ता भएको म्यानपावर कम्पनी छ । तर उनले आफ्नो म्यानपावर कम्पनी बेचिसकेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया