Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – धनकुटा नगरपालिकामा एमाले, कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । एमालेले मेयर चिन्तन तामाङ र उपमेयरमा सकुन्तला बस्नेतलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । तामाङ २०४९ सालको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा मेयरमा दिनेश राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा अन्य दलसँग तालमेल हुने सम्भावना रहेकाले अहिले बाँकी राखेको छ ।  माओवादी केन्द्रले गणेश विष्टलाई मेयर र विष्णुमाया कन्दङवा ९कविता० लाई उपमेयरमा उम्मेद्वार बनाउने निर्णय गरेको छ । विष्ट २०५४ सालको स्थानीय चुनावमा वडाध्यक्ष थिए । राप्रपा र संघीय समाज समाजवादी फोरमले समेत उम्मेद्वार छनोटका लागि छलफल गरिहरेको छ ।

त्यस्तै, कांग्रेसले साँगुरीगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेद्वारको पनि टुंगो लगाएको छ । अध्यक्षमा जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा खेमकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया