Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशीलाल तामाङले २ सय र उपाध्यक्षमा मिरा अधिकारी लामाले १ सय १६ मतले एमालेका उम्मेदवारलाई पछि पार्नुभयो ।

सोमबार बिहान सम्पन्न मत परिणाम अनुसार अध्यक्षमा कांग्रेसका तामाङले ५ हजार ३ सय ६५ मत पाउनु भएको छ । एमालेका झम्क नेपालले ५ हजार १ सय ६५ मत पाउनु भयो ।

उपाध्यक्षमा कांग्रेसकी मिरा अधिकारी लामाले ५ हजार १ सय ६१ मत पाउनु भएको छ भने, एमालेकी सरस्वती अधिकारीले ५ हजार ८९ मत पाएको निर्वाचन अधिकृत हरि बखतीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया