Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

कास्की – पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ को विवाद बारे आयोगको मगतगणना गर्ने निर्देशन पछि बसेको सर्वदलीय बैंठकमा सहमति नभएपछि एमाले बाहेक अन्य दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेपछि ज्ञापनपत्र बुझाउदै पुन निर्वाचनको माग गरिएको हो ।

‘स्थानीय तह निर्वाचन निर्देशीका २०७३ को दफा ७८ को उपदफा १ बमोजिम स्वस्तीक छाप जाँच गरी अनुसूचि ३७ बमोजिमको मुचुल्का छ भने देखाउनुहोस् भन्दा उक्त अनुसारको मुचुल्कानै नभएको बुझिएको हुदा गैरकानुनी रुपमा भएको निर्वाचनको मतगणना रोक्का राखी अबैध रुपमा भएको निर्वाचन बदर गरी पुन निर्वाचन गराउन निवेदन गरेका छौं’ ज्ञापनपत्रमा भनिएको छ ।

कांग्रेस, माओबादी केन्द्र, राप्रपा, नयाँ शक्ति, संघिय समाजवादी फोरम लगायतका दलले ‘कानुन विपरितको निर्वाचन वदर गरी पुनः निर्वाचन गरीपाँऊ’ भन्दै मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई ज्ञापनपत्र बुझाएका हुन् ।

असन्तुष्ट दलहरुले एमाले कार्यकर्ताले विभिन्न पार्टीका पास भिरेर मतगणना स्थलमा बस्दै आएको र आफ्नो पार्टीका भनिएका प्रतिनिधि नक्कली भएको र आफुहरुलाई प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।

यसैबिच विवाद समाधान नभएपछि निर्वाचन आयोगबाट आएको निर्देशन अनुसारनै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभएको छ ।

कांग्रेस, माओबादी केन्द्र, राप्रपा , संघिय समाजवादी फोरम, नयाँ शक्ति पार्टीको वहिस्कारका विच मतगणना अघि बढ्ने बताउनुभयो । कर्णले असन्तुष्ट दलका प्रतिनिधि सहभागी नभएपनि मतगणना नरोकिने स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया