Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउँदै दोस्रो चरणको निर्वाचनको कार्यतालिका कार्यान्वयनमा ल्याउन लागेको हो ।

दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ गरी चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ । चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पूर्णरूपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । रुकुम र नवलपरासी जिल्लामा पहिलो चरणमा नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृतलाई नै दोस्रो चरणका लागि पनि कायम राखिएको छ ।

पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा ४३ जिल्लामा निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया