Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

सुर्खेत – सुर्खेतका ९ वटा स्थानीय तहमध्ये ८ वटाको मत परिणाम सार्वजनिक भएको छ । ८ मध्ये ५ वटामा नेपाली कांग्रेसले जितेको छ भने ३ वटामा एमालेले जितेको छ ।

नेपाली कांग्रेसले ३ वटा नगरपालिका र २ वटा गाउँपालिका जितेको छ । कांग्रेसले पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकामा जीत हात पारेको हो । पञ्चपुरीमा उपेन्द्रबहादुर थापा, भेरीगंगामा भुपेन्द्रबहादुर चन्द, गुर्भाकोटमा हस्तबहादुर पुन, बराहतालमा तेजबहादुर बस्नेत र  चिंगाडमा देवबहादुर चन्दले जिन्नु भएको छ ।

यस्तै नेकपा एमालेले लेकवेशी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा विजय हासिल गरेको हो । लेकवेशीमा गगनसिंह सुनार, चौकुनेमा धीरबहादुर शाही र सिम्तामा कविन्द्रकुमार केसीले जित्नु भएको छ ।

सर्वाधिक चासोको रुपमा हेरिएको वीरेन्द्रनगर नगरपालिकाको भने मतगणना जारी छ । सुरुदेखि नै अग्रता हासिल गरेको कांग्रेसले अहिलेसम्म पनि अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार बीरेन्द्रनगरमा नेपाली कांग्रेसले मेयर र उपमेयरमा एमालेले अग्रता कायमै राखेको छ ।

मेयरमा कांग्रेसका देवकुमार सुवेदीले १२ हजार ४ सय १६, एमालेका वालाराम शर्माले ११ हजार ७ सय ८७ मत ल्याउनु भएको छ ।  उपमेयरमा भने एमालेकी मोहनमाया ढकालले १३ हजार ७ सय ९७ र कांग्रेसकी जानकी सिंहले १२ हजार ५९ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया