Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत तीन वटा महानगरपालिकामा शनिबार छैठौँ दिन पनि मतगणना चलिरहेको छ । चितवनको भरतपुर महानगरपालिकामा भने मतगणना स्थगित भएको छ । शनिबार बिहान सर्वदलीय बैठक बसेर सहमतिको प्रयास हुँदै छ ।

अहिलेसम्म मतगणना भएका ९ वटै वडाका मत पुनः गणना हुनुपर्ने, अहिलेसम्मको मत संख्या विश्वसनीय नभएको भन्दै माओवादी र कांग्रेसका उम्मेदवारले विरोध गरेपछि भरतपुरमा मतगणना स्थगित भएको हो ।

भरतपुरमा मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । दुई दलले प्राविधिक व्यवस्थापन राम्रो गर्नुपर्ने, निर्वाचन अधिकृतको राजीनामा, सबै पुनर्गणन गर्नुपर्ने माग गरेका छन् । मतगणना स्थगित हुनु अघि मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा पछि हुनुहन्छ ।

भरतपुर महानगरपालिका

माओवादी केन्द्र रेणु दाहाल – १४ हजार ८ सय ९
एमाले देवी ज्ञवाली – १५ हजार १ सय ५५

पोखरा लेखनाथ महानगरपालिकामा

एमाले मानबहादुर जिसी – १९ हजार १ सय ४२
माओवादी केन्द्र कांग्रेस तालमेल रामजी कुँवर – १७ हजार ४ सय ९९

ललिपुर महानगरपालिकाको मेयरमा

कांग्रेसका चिरीबाबु महर्जन – १५ हजार ४१
एमालेका हरिकृष्ण व्यञ्जनकार – १३ हजार २ सय १६

काठमाडौं महानगरपालिकाको मेयरमा

एमालेका विद्यासुन्दर शाक्यले –  १३ हजार ५ सय ५३
कांग्रेसका राजुराज जोशीले – ९ हजार ४ सय ४९

तपाईको प्रतिक्रिया