Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

धादिङ  – धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

शनिबार बिहान आएको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका भिमप्रसाद ढुङ्गानाले १३ हजार १ सय ६६ मत प्राप्त गरि मेयरमा विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन श्रेष्ठले ६ हजार ६ सय २८ मत प्रप्त गर्नुभयो ।

यसैगरि उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले १० हजार ३ सय २५ मत प्रप्तगरि विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगादेबी श्रेष्ठले ६ हजार ९ सय ८५ हत प्रप्त गर्नुभयो ।

३३ हजार ९९ मतदाता रहेको नीलकण्ठ नगरपालिकामा २४ हजार ३ सय ७५ मतदाताले मतदान गरेका थिए । अन्तिम मतपरिणम अनुसार नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले ६ वडा, एमालेले ४ वडा र नेकपा माओवादी केन्द्रले ४ वडामा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल गरि प्रमुखमा नेपाली कांग्रेसलाई र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेद्वार रहेका थिए ।

नीलकण्ठ नगरपालिको मतपरिणम संगै जिल्लाको सम्पूर्ण १३ स्थानीय तहको मत परिणम आएको छ ।

धादिङ जिल्लाको अन्तिम मतपरिणाम अनुसार एमालेले एक नगरपालिका र ८ गाउँपालिकामा अध्यक्ष, ५६ वडा अध्यक्ष विजयी भएको छ । नेपाली कांग्रेसले १ नगरपालिका र २ गाउँपालिकाको अध्यक्ष २४ वडाअध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाको अध्यक्ष र २१ वडाअध्यक्ष र राप्रपाले १ गाउँपालिको अध्यक्षसहित ३ वडाअध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया