Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

कास्की –  कास्कीका चार गाउँपालिकाको निर्वाचनमा नेकपा एमाले तीनमा अध्यक्ष तथा उपाध्यक्ष सहित र नेपाली काँग्रेस एक गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।
एमालेले मादी ,रुपा र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने काँग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ, उपाध्यक्षमा एमाले नै विजयी भएको छ । मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याई विजयी हुनुभएको छ ।
त्यस्तै रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझाले चार हजार २१२ मत र उपाध्यक्षमा लालसुवा गुरुङ तीन हजार ९९५ मत ल्याई विजयी हुनुभएको छ । माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर गुरुङले पाँच हजार ८०७ मत र कृष्णकुमारी पौडेल दवाडीले पाँच हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भने काँग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेका सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी हुनुभएकोछ

तपाईको प्रतिक्रिया