मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

बेलायत – भनिन्छ, जोडी माथिबाटै बनेर आउने गर्छ । जोडीका रुपमा बाँधिएपछि दुई मुटु एक बन्छ र सँगै जिउने मर्ने कसम खाइन्छ । तर बीचमै कसैको मृत्यु भयो भने जोडीको हालत के होला ? पक्कै पनि ऊ अन्त्येष्टि गर्नतिर लाग्छ ।

बेलायती डार्बिसरका एक पुरुषले श्रीमतीको मृत्युपछि तत्काल अन्त्येष्टि गरेनन् । श्रीमतीलाई अत्यधिक माया गर्ने उनले श्रीमतीको यादमा छ दिनसम्म शव भएको कोठामा सुतेको बताए ।

सर्भाइकल क्यान्सरसँग १० वर्ष संघर्ष गरेपछि अघिल्लो महिना ५० वर्षीया बेन्डी डेभिसनको मृत्यु भएको थियो । उनका पति रसल डेभिसनले श्रीमतीको मृत्युले आफ्नो मुटु छियाछिया भएको भन्दै शवलाई शवगृहमा पठाउन आफूलाई मन नलागेको बताए । उनले आफूले मृत्युलाई हेर्ने मानिसको दृष्टिकोणलाई पनि चुनौति दिन चाहेको बताए ।

तपाईको प्रतिक्रिया