Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सउल – २ बर्ष अगाडि नेपाली ब्यापारी तथा समाजसेवी सन्तोष थापाले यङदम्पो वरपर पसल पसल चहारी पैसा माग्दै गरिरहेको एकजना नेपालीलाई देखे । तुरुन्त उनले त्यो मान्छेलाई पक्रेर नेपाली दूतावासमा बुझाए । नेपाली दूतावास पुगेपछि काभ्रे जिल्लाका उनको नाम काशीनाथ खनाल रहेको बुझियो र सबै जाँचबुझ गर्दा उनी पैसा कमाउने नियतले नेपालको ईज्जतमाथी खेलवाड गरि पैसा मागिरहेको भन्ने कुरा खुल्यो ।

त्यो घटना भन्दा केही महिना अगाडि सउलको होङ्दे होङ्गिक युनिभर्सिटीमा २ जना पैसा मागिरहेको थाहा पाएपछि तुरुन्त त्यहिं नजीक रेष्टुरेन्ट ब्यवसाय गरिरहनुभएका तत्कालिन एनआरएन अध्यक्ष गंगा राई र सुरेश लिम्बुले ती २ जनालाई रङ्गेहात पक्राउ गरे र उप्रान्त सो काम नगर्ने बचन दिएपछि छोडिदिए । त्यतिमात्र होइन कुमीका एकजना समाजसेवीले त्यसरी मागेर हिड्ने नेपाली भेटेपछि रोक्न खोजे तर उल्टै उनीमाथी जाइलागेपछि उनले भौतिक कारवाही समेत गरेका थिए ।
यङदम्पोमा पैसा माग्दै हिंडेका ती माग्नेलाई २ बर्ष अगाडि नेपाली दूतावासमा बुझाएपछि सम्पूर्ण कागजातहरु जफत गरिएको थियो भने सो घटना लगत्तै त्यस्ता कृयाकलापहरु दक्षिण कोरियामा सेलाएका थिए । ती माग्ने नेपालीबाट जफत गरिएको डकुमेन्ट अनुसार कुनै एउटा NGO ले गरेको सामाजिक क्रियाकलापको फोटोहरु देखाई हामी नेपालका गरिबहरुलाई यसरी पढाउंछौं सहयोग गर्छौं नेपालमा गृहयुद्ध भएकोले नेपालका बालबालिकाहरुले पढ्न पाएका छैनन् त्यसकारण सहयोग गर्नुस् जस्ता कुराहरु लेखिएका थिए ।

“तर त्यसरी पैसा माग्दै हिड्ने उनीहरुले उठाएको पैसा न ती बच्चाहरुलाई दिन्छन् न त कतै सहयोग नै गर्छन् बरु मासिक २ लाख रुपयाँको दरले आफ्नो परिवारलाई पठाउंछन्, म आफैंले त्यसरी उठाएको पैसा नेपाल पठाइदिएको छु एकजना हुन्डीकर्ताले २ बर्ष अगाडि यस्ता घटनाहरु देखापरेपछि नेपाल कोरियान्युजलाई भनेका थिए ।
२ बर्ष अगाडि माग्ने नेपालीलाई दूतावासमा बुझाएको घटनापछि हालसम्म पनि कतै त्यस किसिमका माग्ने नेपालीहरु देखापरेका थिएनन् । तर आज अप्रील १८ का दिन पुन दक्षिण कोरियामा पैसा मागेर हिड्ने क्रियाकलापहरु देखा परेको खबर प्राप्त भएको छ । दक्षिण कोरियाको देगु शहर स्थित यङनाम युनिभर्सिटीमा अध्ययनरत निर्मल र उनका एक नेपाली साथीले ४ जनाको समूह मिली युनिभर्सिटीमा अध्ययनरत बिद्यार्थीहरुसंग नेपाली गरिब बालबालिकाहरुको फोटो देखाई पैसा मागिरहेको देखेपछि उनीहरुलाई समात्न खोजेको जानकारी दिएको छ । “उनीहरु ४ जना थिए तर हामी २ जनामात्र थियौं,

पैसा दिन खोजेका कोरियन बिद्यार्थीलाई मैले त्यो मान्छेको हकिकत बताएँ र नदिन अनुरोध गरें त्यसपछि उनीहरु मलाई थर्काउन थाले र पुलिसलाई खबर गर्न खोजेपछि ती चारैजना भागे” उनले भने ।

हाम्रो नेपालीहरुको प्रतिबर्ष आयदर अरु देशको दाँजोमा कम छ त्यसकारण हाम्रो देश अरु देशको तुलनामा गरिब भएको कुरा हामी स्वीकार्छौं तर देशको ईज्जत नै जाने काम गर्ने खालको गरिब हामी पक्कै होइनौं । हामी आफ्नो श्रम बेची कमाउंछौं तर देशलाई बेचेर कमाउंदैनौं । तर किन नबुझेका हुन् ती माग्ने नेपालीहरुले कि त्यसो गर्दा देशको ईज्जत कहाँ जान्छ भनेर ? त्यसै त कोरियनहरुले हामी नेपालबाट आएको भनेपछि नेपाल कुनै अफ्रिकी मुलुक नै हो जस्तो ब्यवहार गर्छन् । त्यसमाथि यी माग्ने नेपालीहरुले त्यस किसिमको कार्य गर्दा हाम्रो ईज्जत कहाँ पुग्ने हो ?

ईपिएस शुरु हुनुभन्दा अगाडि दक्षिण कोरियामा नेपालीहरुको संख्या जम्मा २/३ हजार मात्र थिए तरपनि त्यस्ता माग्नेहरुलाई खेदन सफल भए । तर आज हामी १५ औं हजारको संख्यामा छौं । दक्षिण कोरियाको कुनाकाप्चामा छरिएर रहेका छौं । पहिले नेपालीहरुको ठुलो जमघट हुन कुनै चाडपर्व नै कुर्नुपर्थ्यो तर आज आईतबार पिच्छे थुप्रै ठाउँमा नेपालीहरुको जमघट हुन्छ । यसर्थ हामीलेत्यस्ता माग्नेहरु कतै देख्यौं भने तुरुन्त कारवाही गर्नु जरुरी देखिन्छ । हामी मध्ये कसैले त्यस्ता माग्ने नेपालीहरु देख्यौं भने तुरुन्त नजिकको पुलिसलाई खबर गरौं र हाम्रो देशको ईज्जत जोगाऔं।

२ बर्ष अगाडि माग्ने नेपालीलाई पक्रेर नेपाली दूतावासमा बुझाएपछि गरिएको सोधपुछको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

http://www.myspace.com/video/purunepal/nepali-beggar-cought-out-in-korea/103577968

तपाईको प्रतिक्रिया