Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा चैत ११ मा भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्री दाहाल चैत १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग ११ चैतमा भेटवार्ता गरेर चैत १२ मा बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको चिनियाँ स्रोतले जानकारी दिएको छ ।

चीनको हेनान प्रान्तस्थित बोआओमा आयोजना हुने ‘एसियाको अवधारणामा स्वतन्त्र व्यापार र विश्वव्यापीकरण’ विषयक छलफलमा दाहालले सहभागिता जनाउनुहुनेछ ।

प्रधानमन्त्रीका एक सहयोगी नेताका अनुसार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेर प्रधानमन्त्री दाहाल बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम बनाइएको छ ।

राष्ट्रपति सीसँगको भेटवार्तामा दाहालले चीनले अगाडि सारेको वान बेल्ट वान रोडको अवधारणामा समर्थन जनाउने ती नेताले बताए ।

वान बेल्ट वान रोड अवधारणामा भारतले समर्थन जनाउन असहमति जनाएका कारण नेपालले पनि प्रस्ट धारणा व्यक्त गर्न सकिरहेको छैन । वान बेल्ट वान रोडमा चिनियाँ विदेश मन्त्रालयले पठाएको पत्रको जवाफ नेपालको परराष्ट्र मन्त्रालयले पठाइसकेको छ । ‘दुई राष्ट्रप्रमुखबीच यसबारेमा सम्झौता हुन सक्छ,’ उच्च स्रोतले भन्यो । ती नेताका अनुसार प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच नेपाल—चीन शान्ति तथा मैत्री सन्धिको प्रक्रिया अगाडि बढाउनेबारेमा पनि सैद्धान्तिक सहमति हुन सक्नेछ ।

यसअघि ०६५ सालमा दाहाल प्रधानमन्त्री भएका बेला शान्ति तथा मैत्री सन्धिको मस्यौदा आदानप्रदान गर्ने क्रममा सार्वजनिक भएपछि सम्झौता तुहिएको थियो ।

प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीको भेटवार्तामा नेपाल—चीनबीच व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयन प्रक्रियामा लैजानेबारे पनि छलफल हुने ती नेताले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गत वर्ष चीन भ्रमण गरेका बेला नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो तर त्यसलाई कार्यान्वयनमा लैजान अवलम्बन गरिनुपर्ने कूटनीतिक प्रक्रिया भने अगाडि बढेको छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया