Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

पोखरा – पोखरा सिर्जनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल एजेन्सी चलाउँछन् ।

विन्ध्यवासिनी मन्दिरमा हिन्दू परम्पराअनुसार अन्तरजातिय विवाह चलिरहँदा सहभागीहरू खुसी व्यक्त गरिरहेका थिए । माइती पक्षले ५० जना जन्तीलाई धुमधामसँग स्वागत गरेका थिए । दाइजो पूर्ण निषेधित थियो ।

विवाहमा सहभागी पूर्वसभासद् राजकाजी गुरुङ कुरीतिविरुद्व ताराका अभिभावकले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै बेहुला–बेहुलीलाई सफल दाम्पत्य जीवनको शुभकामना दिए । ‘अन्तर्जातीय जोडीहरू भागेर विवाह गर्न बाध्य हुन्थे, तर यहाँ त ज्वाइँको गोडा धोएर, जन्ती बोलाएर भोज खुवाएर विवाह भएको छ,’ उनले भने, ‘उदाहरणीय यो विवाहलाई समाजले सम्मान गर्दै अरूले समेत अनुसरण गरे मात्रै समाज परिवर्तन सम्भव छ ।’

किरणका बुबा रामबहादुर परियार छोराको प्रेम सफल भएकोमा दंग थिए । ‘हाम्रो एउटै छोरा हो, उसले भागेर होइन मागेर गर्छु भन्दा हामीले पत्याएकै थिएनौँ,’ उनले भने, ‘तर, केटी पक्षकाले मायाप्रीतिमा जातभातको कुरा गरेर तगारो बन्नुहँुदैन भनेपछि विश्वास लाग्यो । आज धुमधामसँग विवाह भयो ।’

नौ वर्षको प्रेमसम्बन्ध विवाहमा परिणत

नौ वर्षदेखि प्रेमसम्बन्धमा रहेका तारा र किरण दुवै २७ वर्षका छन् । दुवैले आफ्नो प्रेमबारे आ–आफ्नो परिवारमा कुरा राखेपछि अभिभावकले सहर्ष स्वीकार गरेका थिए । समाज परिवर्तनका लागि आफैँले व्यवहारमा सुरुवात गर्नुपर्छ भनेर छोरीको अन्तर्जातीय विवाह गरिदिएको ताराकी आमा कृष्णकुमारीले बताइन् ।

‘हामीले हाम्री छोरीलाई राम्रो शिक्षा दिएका थियौँ, त्यसैले उनले जात होइन योग्य जोडी रोजिन्,’ उनले भनिन्, ‘समाजमा जातीय छुवाछूतले जरा गाडेको छ, हामीजस्तै अभिभावक मिलेर यसलाई हटाउनुपर्छ । मान्छे सबै एकै हो ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया