काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत खेलमा केन्यासँग नेपाल पराजित भएको छ । केन्याले नेपालविरुद्ध ५ विकेटको जीत दर्ता गरेको छ । डिएल मेथडअनुसार केन्याले ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि बीचमा वर्षा भएपछि अब केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
तर, बर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् । हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बन्दै गएको छ ।
९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ । यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ । शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् ।