Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शेयर बजार उच्च अंकले बढ्दा आज करीब १० अर्बको कारोबार भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव ५४ अङ्कले बढेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युत समूह ४.२६ अंकले बढेको हो । आज ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपियाँ बराबरको कारोबार भयो ।

समग्रमा बजार बढ्दा विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । त्यस्तै सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७६ प्रतिशतले घाटा व्यहोरेका छन् । आज सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया