Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानमा मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रदेशसभा सदस्यसमेत रहेका अधिकारीलाई यती एयरलाइन्सको एटीआर विमानद्वारा काठमाडौं ल्याइँदै छ। मोरङ प्रहरीका एक अधिकृतले समुद्रपारिलाई जानकारी दिएअनुसार, उनलाई यती एयरलाइन्सको एफओएच कल साइनको उडान नम्बर–७८६ मा काठमाडौं पठाउने व्यवस्था गरिएको छ।

उनलाई प्रहरीले निवासबाट अहिले विराटनगर एयरपोर्ट लगेको छ । केहीबेरमा उनी काठमाडौं आइपुग्दै छन् । अधिकारीलाई आजै प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया