Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणालगायतले बिदाई गरे।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ मा सम्बोधन गर्नेछन्। नेपालले सम्मेलनमा असामान्य मौसमी घटनाहरू, जस्तै मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे र काठमाडौँ उपत्यकामा आएको बाढीपहिरोबाट भएको क्षतिको विषयमा विश्वको ध्यानाकर्षण गराउनेछ। सम्मेलन कात्तिक २६ गते सुरु भई मङ्सिर ७ गतेसम्म चल्नेछ भने राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया