Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – कप्तान पारस खड्काको खेल्ने सम्भावना न्यून भए पनि नेपालले शनिबार आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत केन्याविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पछिल्ला आठ वर्ष नेपालले खेलेका हरेक अन्तर्राष्ट्रिय खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खड्काको यसै महिना पेटको शल्यक्रिया भएको थियो ।

जसका कारण उनी फिट छैनन् । कप्तान खड्का मैदानमा उत्रने सम्भावना कम भए पनि पाँचपटक एकदिवसीय विश्वकप खेलेको केन्याविरुद्ध नेपालले कडा चुनौती दिने मुख्य प्रशिक्षक जगत टमाटाले नयाँ पत्रिकालाई बताएका छन् ।

नेपालको लक्ष्य जित
लिगको चार चरणका आठमध्ये तीन खेलमा नेपालले जित निकालेको छ । नेपालले केन्याविरुद्धको पाँचाँै चरणको खेलमा जित निकाल्दै पाँचौँ स्थानमा उक्नले योजना बनाएको छ । ‘आगामी बाटो सहज बनाउन हामीले केन्याविरुद्धका दुवै खेलमा जित निकाल्ने लक्ष्य बनाएका छौँ,’ प्रशिक्षक टमाटाले भने, ‘हामीले साढे एक महिना राम्रो तयारी गरेका छौँ ।’ कप्तान खड्काले केन्या राम्रो टोली भएकाले दबाब झेल्न सक्ने टोली विजयी हुने बताए । ‘दबाब बहन गर्न सक्ने टोलीले शनिबार जित निकाल्न सक्छ,’ खड्काले भने ।

पाँचौँ चरणको खेल नेपाललाई मात्र नभएर केन्याका लागि पनि महत्वपूर्ण छ । लिगका दुई चरण खेल बाँकी रहेको अवस्थामा जित हात पार्ने टोली शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ । डब्लुसिएलमा नेपाल छैटौँ तथा केन्या पाँचाैँ स्थानमा छन् । शीर्ष चारमा पर्ने टोलीले सन् २०१९ को एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । पाँचौँदेखि आठौँ स्थानमा रहने चार टोली डिभिजन–२ मा झर्नेछन् ।

केन्याको बलिङ राम्रो
नेपालका लागि केन्याको बलिङ बाधक बन्न सक्छ । विश्वकप र एकदिवसीयमा थुपै्र अनुभव बटुलेको केन्याविरुद्धको खेल सहज नहुने नेपालका प्रशिक्षक टमाटाले बताए । ‘केन्या राम्रो टोली हो, उसको बलिङ पक्ष राम्रो छ,’ टमाटाले भने । केन्याका प्रशिक्षक थोमस ओडोयोले पनि आफ्नो टोलीको बलियो पक्ष बलिङ भएको दाबी गरेका छन् । ‘हाम्रो बलियो पक्ष बलिङ हो, हामीले भारतमा गरेको अभ्यासबाट ब्याटिङमा सुधार गरेका छौँ, हामी नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्नेछौँ,’ ओडोयोले भने । केन्याले भारतमा चारमध्ये तीन अभ्यास खेलमा जित निकालेको थियो ।

नयाँ ओपनिङ जोडी
नेपालले केन्याविरुद्धको खेलमा नयाँ ओपनिङ जोडी खेलाउँदै छ । उपकप्तान ज्ञानेन्द्र मल्ल र सुनील धमलाले ओपनिङ गर्ने प्रशिक्षक टमाटाले बताए । ‘केन्याविरुद्ध हामीले नयाँ ओपनिङ जोडीको रूपमा ज्ञानेन्द्र र सुनीललाई खेलाउँछौँ,’ उनले भने । टमाटाले साढे एक महिनाको अभ्यास ब्याटिङ सुधार्नमा केन्द्रित गरेको बताए । उनका अनुसार नेपालले नयाँ अलराउन्डरलाई खेलाउने र तल्लो मिडल अर्डरको ब्याटिङलाई महŒव दिएको छ । ‘टोलीमा अलराउन्डरको रूपमा मेहबुब आलम, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले स्थान बनाएका छन्, तीनमध्ये दुईले प्लेइङ–११ मा स्थान बनाउनेछन्,’ टमाटाले भने, ‘तल्लो क्रमका ब्याट्सम्यानबाट पनि रनको आशा गरेका छौँ ।’

केन्यासँग पाँचाैँ भिडन्त
नेपालले केन्याविरुद्ध पाँचौँपटक प्रतिस्पर्धा गर्न लागेको हो । दुई टोलीबीच एकदिवसीय र टी–२० मा समान दुईपटक प्रतिस्पर्धा भएका छन् । केन्याले एकदिवसीय क्रिकेटमा दुवै खेलमा नेपाललाई हराएको छ । टी–२० का दुई खेलमा भने नेपालले जित हात पारेको छ । सन् २०१४ मा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले केन्यासँग खेलेका दुवै खेल गुमायो । नेपाल र केन्याबीच सन् २०१२ मा युएईमा टी–२० छनोटमा प्रतिस्पर्धा भएको थियो । सो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । सन् २०१३ मा युएईमै भएको टी–२० विश्वकप छनोटमा नेपालले ६ विकेटको जित निकालेको थियो । सनसनीपूर्ण जित निकाल्ने क्रममा नेपालले केन्याले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य पार गरेको थियो ।

केसी अस्पताल भर्ना
नेपालका तीव्र गतिका बलर करण केसीले केन्याविरुद्धको खेल गुमाउने भएका छन् । शुक्रबार प्रशिक्षण गर्न मैदान पुगेका केसीलाई एक्कासि पेट दुखेपछि बयोधा अस्पताल पुर्या‍इएको थियो । नेपाली टोलीका टेक्निकल विश्लेषक रमन शिवाकोटीका अनुसार केसीलाई एपेन्डिक्साइटिक्स भएकाले तुरुन्त शल्यक्रिया गरिएको छ । केसीको स्थानमा आइसिसीसँगको सहमतिमा वैकल्पिक खेलाडी राजेश पुलामी मगर, भुवन कार्की, अविनाश कर्ण र दिलीप नाथमध्ये एक खेलाडीलाई ल्याइनेछ ।

वर्षा हुने सम्भावना
शनिबार हुने खेल मौसमले प्रभावित पार्न सक्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंमा बदली भई फाट्टफुट्ट वर्षा हुनेछ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार शनिबार एकाध समय मौसम खुले पनि अधिकांश समय हल्का वर्षाको सम्भावना छ । ‘शनिबार लगातार वर्षा हुँदैन, तर शुक्रबारजस्तै हल्का वर्षा हुने सम्भावना छ,’ रिमालले नयाँ पत्रिकासँग भने । मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेल मौसमले प्रभावित गर्न सक्ने भन्दै नेपालका कप्तान खड्काले समेत चिन्ता व्यक्त गरेका छन् । ‘हामी सम्पूर्ण रूपमा तयार भइससेका छौँ, तर मौसमका कारण खेल प्रभावित हुनेमा चिन्ता छ,’ खड्काले भने ।

पहिलो खेलको सबै टिकट बिक्री
नेपाल र केन्याबीचकोे पहिलो खेलको सम्पूर्णं टिकट बिक्री भएको छ । टिकट बिक्री तथा व्यवस्थापन गरेको ई–सेवा प्रालिले पहिलो खेलका लागि ११ हजार दुई सय टिकट बिक्री भएको जनाएको छ । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलीले आइसिसीको आग्रहमै टिकट बिक्री गर्न बन्द गरिएको छ । पहिलो खेलको टिकट बिक्रीबाट २२ लाख ४० हजार नेपाली रुपैयाँ संकलन भएको छ । यो रकम अहिले आइसिसीले लिनेछ । एउटा टिकटको मूल्य दुई सय रुपैयाँ निर्धारण गरिएको थियो ।

पारस खेल्ने निश्चित भएन
शुक्रबार अभ्यासमा उपस्थित भएका कप्तान खड्का हल्का फिट देखिए । अन्य खेलाडीले पूरै जोस लगाएर बल फ्याँकिरहँदा पारसले हल्का रूपले बल फ्याँकेका थिए । केन्याविरुद्धको खेलमा खेल्ने वा नखेल्नेमा खड्काले पनि स्पष्ट बताउन चाहेनन् । ‘पछिल्ला तीन दिनको तुलनामा धेरै फिट भइसकेको छु,’ दुई साताअघि पेटको शल्यक्रिया गरेका खड्काले भने, ‘मलाई केन्याविरुद्ध खेल्ने ठूलो इच्छा छ तर शतप्रतिशत फिट नभई मैदान उत्रँदा टोलीको प्रदर्शनमा असर पर्न सक्छ,’ खड्काले भने, ‘शनिबार बिहान मात्र मैदान उत्रने÷नउत्रने निर्णय दिनेछु ।’

प्रशिक्षक टमाटाले पनि खड्काको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गए पनि केन्याविरुद्ध मैदान उत्रने विषयमा स्पष्ट कुरा गर्न चाहेनन् । ‘उनी टोलीका महत्वपूर्ण खेलाडी हुन्, त्यसैले हामी उनलाई टोलीमा राख्न अन्तिम समयसम्म छलफल गर्छाैं,’ उनले भने, ‘पारस नखेलेमा हामीसँग राम्रो विकल्प छ, टिम खेल भएकाले हामीले पारसविना पनि मैदान उत्रने मनस्थिति बनासकेका छौँ ।’

तपाईको प्रतिक्रिया