मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – नेपाली सेनाले निर्माण गरिरहेको रसुवाको मैलुङदेखि स्याफ्रुबेसी सडक आगामी ६ महिनाभित्रै जोडिने भएको छ ।
उत्तरी छिमेकी चीनको केरुङ नाका जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिइएको यस सडक आगामी साउनभित्रै पूरा गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका मेजर सञ्जय केसीका अनुसार १७ किलोमिटर सडकको ५५ प्रतिशत काम पूरा भएसकेको छ । २०७४ साउनसम्म सडकको ट्र्याक खोल्ने लक्ष्य लिइएको छ ।
सडकको निर्माण तीव्र गतिमा भइरहेको छ । उसका लागि सेनाले ८ फेजमा काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया