Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – बेलायतमा रहेका म्याग्दी देवीस्थानवासीहरुको साझा संस्था देवीस्थान मैत्री संघ युकेले दरबाङदेखि देवीस्थानसम्म कृषि सडक निर्माण गर्न ‘देवीस्थान संगम साँझ’ नामक विशेष साँगीतिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष रेशम शेरचनको संयोजकत्वमा वर्तमान अध्यक्ष कौप्रसाद पुर्जाको नेतृत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

गत २०६५ सालदेखि प्रत्येक गाउँबाट प्रतिनिधित्व हुने गरी यस गाविस अन्तर्गत रुन्मा गाउँका समाजसेवी दलबहादुर पुनको अध्यक्षतामा दरबाङ-देवीस्थान कृषि सडक निर्माण उपभोक्ता समिति गठन गरी नेपाल सरकारबाट गाविसलाई उपलब्ध हुने आर्थिक रकम तथा स्थानीय जनताद्वारा श्रमदान र उपभोक्ता समितिको अथक प्रयासबाट दरबाङदेखि आखरिङेसम्म करिब ७ किलोमिटर कच्ची बाटो निर्माण भईसकेको छ । तर आर्थिक अभावका कारण थप २० किलोमिटरको बाटो निर्माण कार्य अधुरै रहेकोले सडक निर्माण उपभोक्ता समितिले हाल बेलायतमा बसोबास गरेका सम्पूर्ण देवीस्थानवासीको संस्था देवीस्थान मैत्री संघ यूकेलाई आर्थिक सहयोग गर्न अनुरोध गरेको हो । जसअनुसार दरबाङ देवीस्थान कृषि सडक निर्माण सहयोगार्थ ‘देवीस्थान संगम साँझ” कार्यक्रम गरिने भएको हो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाविसमा मोटरबाटो पुग्न सके कृषि, पशुपालनबाहेक पर्यटन व्यवसाय पनि फस्टाउने र यस गाविस अन्तर्गत पर्ने रुन्मा, मगरदाङ, घर्थोक, पन्थोक र जुग्जाका जनताहरुले प्रत्यक्ष लाभ लिई विकासको बाटोमा उन्मुख हुन सक्ने देखिन्छ ।

तसर्थ उक्त पवित्र कार्यमा सहयोगका लागि मई १२ मा आयोजित कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनु हुन सम्पूर्ण बेलायतवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा उक्त यूकेमा रहेका देवीस्थानवासीहरुले हार्दिक निमन्त्रणा गरेका छन् । ***

तपाईको प्रतिक्रिया