Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – संविधान संशोधनलाई मुख्य सर्त बनाउँदै आएको मधेसी मोर्चाले गैरदलीय आधारमा स्थानीय तहको निर्वाचन गराउन दलहरूबीच समझदारी जुटेमा आफूहरू पनि सहभागी हुन सक्ने संकेत सरकारमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई दिएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यसबारे सरकार र मोर्चाबीच केहीअघिदेखि नै छलफल चलिरहेको जानकारी दिए । ‘मोर्चाको यो मागमा कांग्रेस र माओवादी केन्द्र त सकारात्मक नै छन्,’ निधिले भने, ‘तर एमालेले के गर्छ, त्यसमा निर्भर रहन्छ ।’ महेन्द्रनारायण निधिको ९५ औं जन्मजयन्ती कार्यक्रममा शुक्रबार मन्त्री निधिले विभिन्न विकल्पमध्ये गैरदलीय निर्वाचनबारे समेत छलफल चलिरहेको खुलासा गरेका हुन् । स्थानीय निकायलाई राजनीतिकभन्दा पनि विकास संरचनाका रूपमा अघि बढाउने सोचबाट मोर्चाले यस्तो प्रस्ताव अघि बढाएको उल्लेख गर्दै उनले भने, ‘अहिले कांग्रेस, माओवादी र मोर्चाबीच छलफल भइरहेको छ । तर यस विषयले ठोस रूप लिइसकेको छैन, थप छलफल हुँदैछ ।’ तर एमाले तयार भएमा यस्तो विकल्पमा जान सम्भव रहेको उनले बताए ।
स्थानीय तहलाई गैरदलीय बनाउने मोर्चाको प्रस्ताव छिमेकी भारतको मोडलमा आधारित रहेर आएको नेताहरूको भनाइ छ । संविधानले प्रदेश र स्थानीय तह दुवैलाई अधिकारसम्पन्न बनाएकोप्रति असन्तुष्टि राख्दै मोर्चाले यस्तो प्रस्ताव ल्याएको हो । गैरदलीय निर्वाचन हुँदा स्थानीय तह कमजोर हुने सोचका साथ यस्तो प्रस्ताव ल्याइएको माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको भनाइ छ । ‘मोर्चाले ल्याएको यस्तो प्रस्ताव भारतको मोडलमा आधारित छ । तर यो मोडल नेपालमा सम्भव छैन । यसले स्थानीय तहलाई कमजोर बनाउँछ र अहिलेको संविधानविपरीत पनि हुन्छ,’ उनले भने, ‘मधेसमा स्थानीय तहका केही इकाई थप्ने र राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलमा स्थानीय निकायको प्रतिनिधित्व हटाउनेबाहेक मोर्चासँग अन्य विषयमा छलफल भएको छैन ।’ उनका अनुसार मधेसमा २५ स्थानीय इकाई थप गर्ने विषयमा राजनीतिक दलहरूबीच मोटामोटी समझदारी भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया