मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले निःशुल्क फेसबुक सेवा सुरु गर्ने भएको छ । एनसेलले फेसबुकसँगको सहकार्यमा आज रातिदेखि निःशुल्क फेसबुक सेवा सुरु गर्ने भएको हो । आज राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको जानकारी दिएको छ ।

उसका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्ने छैन, साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ ।

साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ । एनसेलले हाल निःशुल्क ट्विटर अफर पनि दिएको छ ।

तपाईको प्रतिक्रिया