Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी रूपमा आफूलाई हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग राखिएको रिट खारेज भएको हो ।

सर्वोच्च अदालतले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासबाट जारी भएको आदेशपछि प्रसाईँलाई थुनामै राख्ने निर्णय भएको छ । प्रसाईँको छोरा निरज प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए, जसअनुसार उनलाई अदालतमा उपस्थित गराउन आदेश भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । आइतबार मंसिर ९ गते सर्वोच्च अदालतले विपक्षीलाई बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो । मंगलबार प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया