Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली तत्काल नकाट्ने निर्णय गरेको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् नियमन आयोगको निर्देशन अनुसार यस्तो निर्णय गरेको हो।

नियमन आयोगले उद्योगहरूको लाइन नकटाई बक्यौता असुली गर्न निर्देशन दिएको थियो। यसैको आधारमा प्राधिकरणले उद्योगहरूलाई बिजुली आपूर्ति जारी राख्ने निर्णय लिएको छ। तर, यो निर्णयप्रति दुई सञ्चालक—कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाएका छन्। उनीहरूले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यान्वयन नगरी यस्तो निर्णय गर्नु गलत भएको बताउँदै फरक मत राखेका छन्।

यसअघि, उद्योगहरूले बक्यौता नतिरेको भन्दै प्राधिकरणले एक महिनाअघि केही उद्योगहरूको लाइन काटेको थियो। तर, नियमन आयोगले यसबारे समीक्षा गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको प्रतिवेदन कार्यान्वयनको सिफारिस गरेको छ। यो निर्णयले उद्योगहरूको बिजुली आपूर्ति सहज बनाउने भए पनि बक्यौता उठाउने विषयमा अझै चुनौती कायमै छ।

तपाईको प्रतिक्रिया