Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् । उनले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरेका हुन् ।

‘यस उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्त्वपूर्ण अवसर पनि हो,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण यस उपनिर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति, विसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’

उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै हुने भए पनि यसको विशेष अर्थ र महत्त्व रहेको उल्लेख गर्दै उनले भने, ‘यहाँहरू सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरूप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले यस उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रूपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रूपमा अघि बढाएको स्पष्ट पारे ।

 

तपाईको प्रतिक्रिया