Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – शीतल निवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा अर्कै रह्यो– निम्ता मान्न पूर्व राजा शीतल निवास आउलान् कि नआउलान् ? राष्ट्रपति कार्यालयको कोसी हलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोका बाहिरै थियो । 

धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे, ‘पूर्वराजा कतिबजे आउँछन् ?’ राष्ट्रपति कार्यालयका कर्मचारी पनि भन्दै थिए, ‘उहाँ आउने कार्यक्रम छ ।’ लामो समय राष्ट्रप्रमुख भएका पूर्वराजा ज्ञानेन्द्र धेरैको उत्सुकतालाई चिर्दै सोमबार मध्यान्ह साधारण निम्तालुसरह शीतल निवास प्रवेश गरेर वरबधुलाई बधाई दिए । त्यसपछिका २० मिनेट पूर्वराजा नै त्यहाँका प्रमुख आकर्षण बनिरहे ।

उपस्थित धेरैले मोबाइलबाट उनको तस्वीर खिचे । मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा राष्ट्रपति कार्यालय पुगेका पूर्वराजा गाडीबाट ओर्लिएर सीधै कोसीहल प्रवेश गरे । त्यसबेला राष्ट्रपति भण्डारी विवाहित जोडीसँगै बधाई र शुभकामना ग्रहण गर्न व्यस्त थिइन् । पूर्वराजाले वरबधुलाई बधाइ र शुभकामना दिए ।

त्यसपछि भण्डारी सामून्ने पुगे । दुबैले एकअर्कालाई नमस्कार गरे । ज्ञानेन्द्रले राष्ट्रपतिलाई पनि बधाइ दिए । जवाफमा उनले ‘धन्यवाद’ भनिन् । यत्तिकैमा सकियो बधाइ कार्यक्रम ।

तपाईको प्रतिक्रिया