Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – आन्तरिक विवादका कारण नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरू गठन गर्ने अझै सकेका छैनन् ।

पार्टीको विधान अनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ । यस्तै ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी छ । साथै देउवाले ४२ वटा विभाग गठन गर्नल बाँकी छ ।

सभापति देउवाले यी काम दुई महिनाभित्रै गरिसक्नुपर्ने थियो । तर यतिन्जेलसम्म देउवाले आफ्नै पार्टीको विधान विर्सिएको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ ।

तपाईको प्रतिक्रिया