Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्को निर्वाचन पहिले गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सरकारले पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गराउने अन्तिम गृहकार्य गरिरहेका बेला एमालेले पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्दै संवैधानिक संकट टार्न पहिला संघीय संसद्को निर्वाचन गर्ने प्रस्ताव अघि सारेको हो ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले तीनै तहको निर्वाचनमा सरकारले गरिरहेको ढिलाइका कारण समस्या समाधानका निम्ति पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया