Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन् । मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्टमा भनिएको छ, ‘शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन। ’ 

शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. हरिहर वस्तीका अनुसार मृतक लक्ष्मीका शरीरभरी एकै किसिमको चोट र निलडाम छन् । उनको शरीरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम देखिएको छ । ‘मृत्यु लगत्तै पोष्टमार्टम गरिएको भए धेरै कुरा भन्न सकिन्थ्यो ।

सात दिनमा शव धेरै विग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिदैन’ डा. वस्तीले भने । ३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो । छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा सुमनले बयान दिएका थिए ।

तपाईको प्रतिक्रिया