Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – सरकार गठन भएको सय दिन पूरा भइसक्दा पनि सरकारमा सहभागी प्रमुख दल नेपाली काँग्रेसले आफ्नो तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन । interview of Sher Bahadur Deuwa

काँग्रेस सभापति शेरबहादुर देउवाले दशैअघि नै प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डलाई राज्यमन्त्रीको नाम सिफरिस गर्ने बताए पनि पार्टीत्रित्रको आन्तरिक विवादले अझै नाम सिफरिस गर्न नसकेका हुन । काँग्रेसबाट कुल मन्त्रालयको ५० प्रतिशत अर्थात आठजना राज्यमन्त्री पाउने सहमति यसअघि नै भइसकेको छ । सहमति अनुसारको नाम प्रधानमन्त्री प्रचण्डले मागे पनि आकांक्षी निकै धेरै भएपछि सभापति देउवालाई व्यवस्थापन गर्न कठिनाइ परेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई कमतीमा चारजना राज्यमन्त्री पनेगरी मिलाउन सभापति देउवालाई दबाव दिइरहेका छन । यस्तै अर्का नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले पनि आफ्नो पक्षका दुई दुई जना पाउनुपर्ने माग गर्दै आएका छन । तर, देउवा भने पौडेल पक्षलाई तीन र सिटौला र खड्कापक्षलाई एक एक स्थान दिने र आफ्ना पक्षका चार राज्यमन्त्री पठाउने योजनामा रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए ।

तपाईको प्रतिक्रिया