Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले गत २३ भदौमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको हकमा दिइने क्षतिपूर्तिमा २ लाख थपी ७ लाख पुरयाउन निर्देशन दिएका थिए । तर, श्रम तथा रोजगार मन्त्रालयले ३ लाखबाट ५ लाख पुर्‍याउने पहिलेकै निर्णयसमेत कार्यान्वयन गर्न सकेको छैन । Prachanda

सोही दिन दाहालले उक्त मन्त्रालयसम्बद्ध १३ वटा निर्देशन दिएका थिए । समय तोकेरै दिएका त्यस्ता निर्देशन मन्त्रालयले पालना गर्न सकेको छैन । प्रधानमन्त्री दाहालले मंगलबार पनि कृषिमन्त्री गौरीशंकर चौधरीलाई बोलाएर कृषि आधुनिकीकरण परियोजनासहित मन्त्रालयका कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिए । मंगलबार नै उनले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगंज–४ बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत साउदी अरेबियास्थित दूतावासलाई समेत निर्देशन दिएका छन् ।

त्यस्तै प्रधानमन्त्री दाहालले तत्काल पाँच मुलुकसँग श्रम सम्झौता गर्न दिएको निर्देशन पनि पुरा भएको छैन । दाहाल स्वयंले आफू गोष्ठी, सेमिनारमा सहभागी नहुने बताएका थिए । सुरुमा उनले त्यसलाई पालना पनि गरे । ३ सातासम्म उनी लगातार सिंहदरवारस्थित कार्यालयमा नियमित देखिन्थे । पछि उनले बाहिरी कार्यक्रममा भाग लिने क्रम बढाउँदै लैजान थालेको अनुभव सिंहदरवारका कर्मचारीको छ । ***

तपाईको प्रतिक्रिया