Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पाँच आयुक्तमध्ये चार जनाको संविधानले तोकेअनुसार योग्यता नपुगेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता दक्षबहादुर क्षेत्रीले आयुक्तहरु दीप बस्नेत, नवीनकुमार घिमिरे, सावित्री गुरुङ र गणेशराज जोशीको आयुक्त हुन योग्यता नपुगेको दाबी गर्दै रिट दर्ता गराएका हुन् । रिट निवेदनमा घिमिरे, बस्नेत, जोशी र गुरुङसँग आयुक्त बन्न संविधानले तोकेको अनुभव वा ख्याति नभएकाले अन्तरिम आदेश जारी गरी उनीहरुलाई काम गर्न रोक लगाउन माग गरिएको छ । बस्नेत अहिले अख्तियारको कामु प्रमुख आयुक्तको जिम्मेवारीमा छन् ।

संविधानको धारा ११९ (५) मा लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा २० वर्ष काम गरी अनुभव र ख्याती कमाएको व्यक्तिमात्रै अख्तियारको प्रमुख आयुक्त वा आयुक्त हुन सक्ने व्यवस्था छ । आजको नागरिक दैनिकमा खबर छ । ***

तपाईको प्रतिक्रिया