Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

कैलाली – कैलाली प्रहरीले पारपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिकलाई भारत प्रबेश गर्न लाग्दा सीमानाकाबाट पक्राउ गरेको छ । काठमाडौंबाट बढिमालिका ट्राभल्सको बस रिजर्भ गरी ४ दिन लगाएर उनीहरु कैलालीको गौरिफान्टा पुगेका थिए ।

कैलालीबाट भारत प्रबेश गर्न लागेका उनीहरुलाई धनगढीको अध्यागमन कार्यालयले सोमबार नियन्त्रणमा लिएको हो । गैरकानूनी रुपमा नेपाल हुँदै भारत जान लागेको उनीहरुलाई पक्राउ गरेपछि नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर)ले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई भारत प्रबेश दिन दवाव दिएको गृह स्रोतले जनाएको छ ।

ती तिब्बती नागरिकहरु प्रहरी प्रशासनलाई छल्दै चारदिन लगाएर कैलाली पुगेका थिए । उनीहरु कहाँ बस्दै र कुन बाटोको प्रयोग गरी त्यहाँ पुगे भन्ने गृहमन्त्रालयलाई नै जानकारी छैन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया