Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – माधव नेपाल नेतृत्वको सरकारको पालामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेकी काँग्रेस नेतृ सुजाता कोइरालाको सम्पत्तिबारे सरकार अझै अनभिज्ञ छ । मन्त्री हुँदा उनले सरकारी नियम उल्लंघन गर्दै सम्पत्ति विवरण बुझाइनन् ।

जसबापत उनले पाँच हजार जरिवाना तिरिन् । पहिलो संविधानसभामा सभासद हुँदा पनि उनले सम्पत्ति विवरण बुझाएकी थिइनन् । त्यसबापत पनि उनले जरिवाना तिरिन् । जरिवाना तिर्ने तर सम्पत्ति विवरण नबुझाउने कारण के हो ? सरकारलाई पनि थाहा छैन ।

सुजाताले आफ्नो उपचारका लागि सरकारसँग पैसा नमागेको उनका स्वकीय सचिव लक्ष्मण थपलियाले दाबी गरेका छन् । जग्गा बेचेर उपचार गर्न खोजे पनि सरकारले नै खर्च दिन खोजेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया