Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा दुई नेताबीच कुनै सहमति भने भएन । debua and oli

भेटपछि कांग्रेस सभापति देउवाले भने, ‘संविधान संशोधनका विषयमा छलफल भयो, कुराकानी सकारात्मक छ ।’ एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय हितमा तलमाथि नहुने गरी संशोधन प्रस्ताव आउँदा एमाले नकारात्मक नहुने बताए । ‘राष्ट्रिय हितका निम्ति प्रस्ताव आउँदा एमाले नकारात्मक हुनुपर्ने कारण छैन,’ भेटपछि ओलीले सञ्चारकर्मीसँग भने । मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ताको तयारी गरेको छ ।

सहमतिका लागि प्रमुख दलका शीर्ष नेताहरूबीच नियमित छलफल भइरहेको छ । यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग संविधान संशोधनबारे छुट्टाछुट्टै छलफल गरेका थिए ।

तीन दलको बैठक हुने
संविधान संशोधनका विषयमा छलफल गर्न शीर्ष तीन दलबीच बैठक गर्ने देउवा र ओलीबीच सहमति भएको छ । ‘अब संविधान संशोधन गर्दै निर्वाचनमा लाग्न ढिलाइ गर्न हुन्न भन्ने विषयमा कुराकानी भएको छ,’ देउवाका सहयोगी भानु देउवाले भने, ‘संविधान संशोधनका लागि अब प्रमुख तीन दलबीच छलफल गरेर सहमतिमा जाने कुरा छ । यसका लागि छिटै तीन दलको बैठक बोलाउने भन्ने भएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया