Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
पेरिस (फ्रान्स)– नेपालमा लगानी भित्र्याउन पेरिसमा नेपाली दूतावासले एक कार्यक्रम आयोजना गरेको छ ।
लगानी वर्ष सन् २०१२÷१३ बारे फ्रान्सेली तथा अन्य विदेशी लगानीकर्ताहरु जानकारी दिने उद्देश्यले पेरिसस्थित नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा युनेस्कोका लागि भारत, जापान, जर्मनी, काजाकस्तान, मलेसिया, म्यानमार, म्यासेडोनियाका तथा थाईल्याण्ड राजदूतहरु लगायत अन्य कतिपय राजदूतावासका उच्च कुटनैतिक अधिकृतहरु, नेपालका लागि फ्रान्सका पूर्व राजदूतहरु, यूनेस्कोमा कार्यरत प्रोफेशनलहरु, पेरिसमा लामो समय देखि वसोवास गरि आएका नेपालीहरु, विभिन्न फ्रेन्च कम्पनीका प्रतिनिधीहरु, नेपालमा लगानी गर्न चाहने फ्रेन्च कम्पनीहरु तथा अन्य विभिन्न व्यवसाय गरि आएका फ्रेन्चहरु तथा राजदूतावास परिवारको पनि उपस्थिति थियो । 
कार्यक्रममा नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले नेपालको विभिन्न पक्षहरुहरुको परिचय दिनु भयो । उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा अन्य उच्च हिमालहरु ६ करोड ५० लाख वर्ष देखि संसारको छानोको रुपमा रहँदै आएको कुरा उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल प्राकृतिक सौन्दर्य, ईतिहास, धर्म, संस्कृति, कलाकौशल आदिको अत्युतम नमुनाको रुपमा रहेको देश हो ।’
उहाँले जीवित देवि कुमारिको अलावा लुम्बिनीमा ईशापूर्व ६२३ भगवान गौतम बुद्धको जन्म भएको र विश्वमा शान्ति, सहिष्णुता, माया तथा सहनशीलता जस्ता अद्वितीय मानवीय गुणहरुको वकालत गर्नुभयो । यस वर्ष २०१२ लुम्बिनी भ्रमण बर्ष घोषित भएकोले त्यहाँको भ्रमणमा जानु भै आफ्नोजीवनमा असिम शान्ति तथा आनन्द प्राप्त गर्नु होस् भनि आग्रह गर्नुभयो । 
श्रेष्ठले नेपालमामा वैदेशिक लगानीलाई वढावा दिन सन् १९९२ देखि नै सरकारले बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन लागु गरेको जानकारी दिनुभयो । उहाँले नेपालमा बैदेशिक लगानीको लागी उपयुक्त वातावरण भएको र केहि उद्योगहरु छाडि राष्ट्रिय अर्थतन्त्रको सवै पक्षहरु संग सम्वन्धित पक्षहरुमा बैदेशिक लगानी प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।
तपाईको प्रतिक्रिया