Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्वती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा नबित्दै विब्वती नेतासँगै बसेको उनको फोटो सार्वजनिक भएको छ । deuba

इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिब्वती निर्वाचन सरकार प्रमुख (प्रधानमन्त्री) लेप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बाहिर आएको हो । देउवाले भारतमा साङेसँग भेटवार्ता गरेको भन्दै चीनले नेपालसँग असन्तुष्टि जनाएपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरि देउवाले त्यस्तो भेटवार्ता नगरेको भन्दै बचाउ गरेका थिए ।

भारत भ्रमणबाट बुधबार स्वदेश फकर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा देउवाले कुनै पनि तिव्बती नेतासँग भेट नभएको दाबी गरेका थिए । फाउन्डेसनको कार्यक्रमस्थलको दर्शक दिर्घामा देउवा र साङे सँगै बसेको फोटो साउथ एसिया चेकले सार्वजनिक गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया