Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ । एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको छ । दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो । संशोधित नियमावलीमा एकपटक लिखित परीक्षा पास गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन पाउने प्रावधान रहेको र मंसिरदेखि त्यसलाई कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।

मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन
नियमावली संशोधन भएयता देशभरि लाइसेन्स परीक्षा रोकिँदै आएको छ । सफ्टवेयर अपडेट गरेर मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन सुरु गरिने पाण्डेले बताए । हरेक महिना १५–१६ हजार सर्वसाधारणले लाइसेन्स परीक्षा दिने गरेका छन् । विभागले उपत्यका लगायत अञ्चल यातायात कार्यालयहरूमा क्षमता विस्तार गरी नयाँ नियमावली कार्यान्वयन गर्न लागेको हो । उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउँदै छ । बन्द भएको रोपवे कम्पनीको जग्गामा विभागले मोटरसाइकल र गाडीको ट्रायल सेन्टर बनाउने प्रक्रिया अघि बढाइसकेको छ । smart cardतीनवटा कार्यालय थपिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार यातायात व्यवस्था विभागले उपत्यकामा तीनवटा कार्यालय स्थापना गरेको छ । कलंकी, भक्तपुरको सल्लाघारी र चाबहिलमा नयाँ कार्यालय स्थापना गरिएको हो । ती कार्यालयले मंसिरको अन्तिमबाट सेवा सुरु गर्ने तयारी भइहरेको यातायात व्यवस्था विभागका प्रवक्ता पाण्डेले बताए । उपसचिवको नेतृत्वमा ती कार्यालयमा २६–२६ जना कर्मचारी हुनेछन् । लाइसेन्स परीक्षा लिनेदेखि सवारी दर्ता तथा नवीकरणका सबै काम ती कार्यालयबाट हुने पाण्डेले बताए । नयाँ दरबन्दी स्वीकृत भई कर्मचारी व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ ।

ललितपुरको एकान्तकुनामा मात्र कार्यालय हुँदा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको थियो । बिहानैदेखि सर्वसाधारण लाइनमा बस्नुपर्दथ्यो । भीडकै कारण दलालहरूको चलखेल हुँदै आएको छ । सेवाग्राहीलाई सास्ती भएको भन्दै प्रधानमन्त्री प्रचण्डले गत भदौमा उपत्यकामा यायातात कार्यालय थप्न निर्देशन दिएका थिए। सोही अुनसार थप तीन कार्यालय सुरु गर्न लागिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया