Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ ।

फाउन्डेसनद्वारा निर्मित सो चलचित्र ‘प्रथम नेपाली बालमैत्री चलचित्र’ भएको दाबी गर्दै मन्त्रालयले प्रदर्शनका लागि आवश्यक व्यवस्था मिलाइदिन १६ वटा जिल्लालाई परपत्र गरेको हो । मन्त्रालयले हाल ललितपुर, काभ्रे, सिन्धुपाल्चेक, रामेछाप, दोलखा, नुवाकोट महोत्तरी लगायतका जिल्लालाई परिपत्र गरेको छ ।

फाउन्डेसनको उक्त चलचित्रमार्फत बालमैत्री स्थानीय शासनको प्रवर्द्धन तथा विस्तार हुने जनाउँदै जिल्ला विकास समितिहरुलाई फिल्म प्रदर्शको आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

तपाईको प्रतिक्रिया