Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – २८ हजार अमेरिकी डलरमा चार्टर गरिएका बुद्ध एयरका दुइवटा विमानमध्ये शुक्रबार जनकपुरका लागि उडेको एउटा एटीआर विमान काठमाडौंबाट बिहान १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक हुँदै उत्तरतर्फ लाग्यो ।

जसमा थिए, भारतीय राष्ट्रपति प्रणव मुखर्जी । उक्त उडानको उद्देश्य थियो, मुखर्जीलाई दोलखामा पर्ने गौरीशंकरदेखि संखुवासभामा पर्ने मकालु हिमाल देखाउने । मुखर्जी लगायत जहाजमा सवार अथिति यात्रुहरुले गौरीशंकर हेर्दै गर्दा ककपिटबाट क्याप्टेन रञ्जन शर्माले संसारकै अग्लो हिम चुचुरो सगरमाथालगायतका हिमाल पनि हेर्न अनुरोध गरे । क्याप्टेनको एनान्समेन्टपछि एयरहोस्टेज प्रतिक्षा राईले राष्ट्रपतिलाई लहरै चम्किरहेका हिमालबारे जानकारी गराइन् ।

हिमालको प्रोफाइल देखाइन् । शुक्रबार खुलेको मौसममा आकाश सफा थियो । आँखैअघिल्तिर सेता हिमाल टल्किन थालेपछि मुखर्जीले एयरहोस्टेस राईलाई सगरमाथा कुन हो भनेर सोधे । उनले औंलाले इङित गर्दै देखाइदिइन् ।

सगरमाथा हेर्दा उनको अनुहारको भाव उज्यालो भयो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया