Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् ।

त्यतिवेला केही सडकखण्ड खाली गराइँदै छ । बिहीबार र शुक्रबार पनि काठमाडौंका सडकमा यातायात अस्तव्यस्त हुनेछ । प्रहरीका अनुसार बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नया बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा अवरोध हुनेछ । त्यस्तै, दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा सवारी अवरोध हुनेछ । 1478080741355_ros_ktm_161102img_0213

साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा मुखर्जीको सवारी छ । यसैगरी, साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा सवारी छ ।

शुक्रबार भने भने एकपटक मात्र सडक अवरोध हुनेछ । मुखर्जी हायात होटेलबाट जनकपुर जान विमानस्थल जाँदा सडक अवरुद्ध हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट सडक अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ । मुखर्जी जनकपुरबाट पोखरा पुगी काठमाडौं फर्किएर विमानस्थलबाटै भारत फर्कने कार्यक्रम छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया