Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

chabahil

काठमाडौं । चाबहिल–जोरपाटी–साँखु खण्डको सडक निर्माण ठप्प भएको छ । सडक विस्तार हुन लागेपछि स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हालेपछि काम रोकिएको हो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७२ कात्तिकबाट सडक विस्तार तथा निर्माण थालेको थियो । तर, नापी ठीक नभएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेपछि काम रोकिएको हो । काम सुरु गरेको १२ महिनामा करिब २० प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ । यो सडकखण्ड निर्माण अवधि २७ महिनाको छ ।
१२ महिनामा करिब २० प्रतिशत काम मात्रै सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार चाबहिल–जोरपाटी–अपांगसम्म सडक मिचेर भवन निर्माण गरिएको छ । घर भत्काउन स्थानीयले अवरोध गरेपछि निर्माण रोकिएको आयोजनाका उपसचिव नवराज सापकोटाले बताए । ‘विशेषगरी चाबहिल–जोरपाटी–दक्षिणढोकासम्मको सडक निर्माणमा अवरोध छ । अन्य स्थानमा काम धमाधम भइरहेको छ,’ सापकोटाले भने, ‘टेन्डर भइसकेको छ । ठेकेदारले काम गर्न पाइनँ भनेर पटक–पटक पत्र लेखेको छ । तर, ठाउँ खाली गर्न सकिएको छैन । स्थानीयको अवरोध भएपछि काम अघि बढ्न सकेन ।’
सडकको केन्द्रबाट ११ मिटर दायाँ–बायाँ विस्तार गर्ने आयोजनाको योजना छ । यसो गरिँदा सडक मिचेर बनाइएका अस्थायी तथा स्थायी संरचना भत्काउनुपर्ने हुन्छ । स्थानीयले भने भवन भत्काउन नपाइने भन्दै अवरोध गरेका छन् । नयाँ पत्रिकामा समाचार छ ।

तपाईको प्रतिक्रिया